आठबीसको नीति : दुई भैंसी वा १० बाख्रा पाल्ने किसानलाई ३० हजार अनुदान दिने

अर्जुन शाही /अविलाल जैसी
आठबीस खबर

दैलेखको आठबीस नगरपालिकाले आगामी आर्थक वर्षका लागि ४८ करोड ३१ लाख २७ हजार १०६ रुपैंया बजेट विनियोजन गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख दीपा बोहोराले आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ प्रक्षेपण गरेकी छन् ।

चालुतर्फ २६ करोड ८४ लाख र पुँजीगततर्फ २१ करोड ४७ लाख २७ रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बोहोराले बताइन् ।

त्यस्तै संघीय सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ४८ लाख, संघीय सरकारको बिशेष अनुदान ८३ लाख, संघीय सरकारको राजस्व बाडफाँटमार्फत प्राप्त हुने रकम ८ करोड ९८ लाख ७० हजार र संघीय सरकारको सशर्त अनुदान रकम २२ करोड ३३ लाख रुपैयाँ प्रप्त हुने बजेटमा उल्लेख छ ।

प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान रकम १ करोड १० लाख ३३ हजार ,प्रदेश सरकारको राजस्व बाडफाटबाट प्राप्त हुने रकम ८ लाख २४ हजार १ सय ६ र मौज्जाद ४ करोड गरी बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाले ल्याएको नयाँ बजेटमा श्रीमती गुमाएका एकल पुरुषहरुका लागि स्वास्थ्य उपचार तथा व्यक्तिगत सरसफाई गर्न विदुरभत्ताको व्यवस्था गरिने नीति लिइने उनको भनाइ छ ।

त्यस्तै नगरपालिकाले दुई वटा भैंसी पाल्ने र १० वटासम्म बाख्रापालन गर्ने कृषकलाई ३० हजार अनुदान दिने घोषणा गरेको छ ।

हेर्नुहोस बजेटको पुर्ण पाठ…………………………..

आठबीस नगरपालिकाका प्रमुख एवं नगरसभाका अध्यक्ष ज्यू
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू,
नगरपालिकाका सबै वडाका वडाध्यक्ष ज्यूहरु, नगर कार्यपालिकाका सदस्य ज्यूहरु,
नगर सभाका सदस्य ज्यूहरु,विभिन्न राजनितिकि दलका प्रमुख एवं प्रतिनिधी ज्युहरु, पालिका स्थित कार्यालयका प्रमुख एवं प्रतिनिधी ज्यु, नागरिक समाजका अगुवाहरु विभिन्न साझेदार संघ सस्ंथाका प्रमुख एवं प्रतिनिधी ज्युहरु र पत्रकार साथीहरु नगरपालिकाका कर्मचारी तथा उपस्थित महानुभावहरु


यस आठबीस नगरपालिकाको नवौं नगर सभामा आफ्नो व्यस्तताका बाबजुद् अमुल्य समय प्रदान गर्दै हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएका उपस्थित सम्पुर्ण सम्मानित व्यक्तित्वहरुमा म सर्वप्रथम आठबीस नगरपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवम् कृतज्ञता ब्यक्त गर्दछु ।
नेपाली जनताको लामो संघर्ष, अर्थपुर्ण त्याग र वलिदानबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको तथ्य हामी सबैका सामु छर्लङ्ग छ । त्यो त्याग र वलिदान नेपालीको सुख र समृद्धिका लागि थियो । विकास र सुनौलो भविस्यका लागि थियो । आज हामी यस ऐतिहासिक आठबीस नगरपालिकाको सुनौलो भविष्य सहितको निति तथा कार्यक्रम प्रस्तुत गर्न नगर सभाको बैठक सञ्चालन गर्न गईरहेका छौं । नगरपालिकाको यस गरिमामय सभामा नवौं वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म अत्यन्तै गौरवान्वित भएको छु । यस क्षणमा ऐतिहासिक कालखण्ड हुदै प्रजातन्त्र प्राप्ति, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा नयाँ नेपाल निर्माणको क्रममा आफ्नो अमुल्य जीवनको आहुति दिने ज्ञात अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
आदरणीय नगर सभाका अध्यक्षज्यू एवं उपस्थित महानुभावहरु,
नेपालको संविधान २०७२ ले स्थापित गरेको संघिय लोकतान्त्रिक गणतन्त्र र तीन तहको संरचना, तीन तहको सरकारको अवधारणा अनुसार जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थानिय सरकार स्थापना भएको हो । तिनै स्थानिय सरकार मध्य वि।सं। २०७३ साल फागुन २६ को निर्णयानुसार साविकका ६ वटा गा।वि।स।हरु समायोजन गरी यस आठबीस नगपालिकाको स्थापना भएको कुरा विदितै छ । प्राकृतिक, साँस्कृतिक तथा धार्मिक सम्पदाहरुले भरीपूर्ण यस नगरपालिकाको सहभागितामुलक भावी योजनाको निर्माणले मात्र भविष्यको सुनौलो मार्ग प्रशस्त गर्दछ । नगर क्षेत्रका विद्यमान साँस्कृतिक, प्राकृतिक र पर्यटकीय सम्पदाहरुको विकास, संरक्षण र संम्बद्धन तथा प्रचार प्रसार गरी समग्र विकासको लक्ष्य तय गर्दै कृषिमा आत्मनिर्भर नगरपालिकाको रुपमा स्थापित गराउन हामीले हरसंभव प्रयास गरि सोचे जति उपलब्धी हासिल गर्न नसके पनि केहि सकारात्मक परिवर्तन भने अवश्यक भएका छन । लोकतान्त्रिक मुल्य र मान्यता, विकेन्द्रीकरण र स्थानीय स्वायत्तता, सेवाप्रवाह तथा विकास निर्माणमा व्यापक जनसहभागिता, जवाफदेहिता, उत्तरदायित्व तथा पारदर्शिता जस्ता सुशासनका आयामहरुको अबलम्बन गर्दै यस नगरपालिकाको समग्र विकास प्रयासलाई निरन्तर अगाडी बढाउनका लागि राजनैतिक दल, सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्र, संचार कर्मी, समाजसेवी, बुद्धिजिवी एवम् सम्पूर्ण विकासप्रेमी महानुभाबहरुबाट आवश्यक सहयोग प्राप्त भईरहेको छ र भईरहनेछ भन्ने विश्वास लिएको छु ।

आदरणीय नगर सभाका अध्यक्षज्यू एवं उपस्थित महानुभावहरु,
नेपालको संविधान बमोजिम लोकतन्त्रलाई संस्थागत गर्दै लोकतान्त्रिक मुल्य र मान्यता बमोजिम जनताका चाहना, आकांक्षा एवं संविधान प्रदत हक अधिकारहरुको मर्म अनुरुप स्थानीय तहलाई सुदृढ र विकसित गर्नु पर्ने आवश्यकता रहेको छ । संविधानले नेपाली जनताको सार्वभौमिकतालाई संवैधानिक कानुनी र व्यवहारिक रुपमा स्थापित गरिसकेको परिप्रेक्षमा राज्य तथा स्थानीय सरकारबाट प्रदान गरिने सेवा सुविधाहरु सबै नगरबासी समक्ष पुरयाउने हाम्रो दायित्व हो, तर्क तथ्य र कानुनको आधारमा नगरबासीका जायज कुराहरुको सम्बोधन गर्नु तथा लोकप्रियताको लागि नभइ जनताको आवश्यकताको आधारमा कार्य गर्न सकेमा मात्र नगरपालिका र जनप्रतिनिधीहरुको गरिमा उच्च हुनेमा दुइमत हुन सक्दैन । संघियताको पुर्नसंरचना पश्चात सेवाग्राही र सेवा प्रदायक दुवैलाई सहज महशुस हुनुका साथै कार्य प्रभावकारिता तथा जनसहभागितामा बृद्धि हुने अपेक्षा गरिएको भएता पनि भौतिक पूर्वाधार, जनशक्तिको अभाव, कानूनी र नीतिगत अन्यौलता, समयमै बजेट नआउनु९संघ, प्रदेशबाट०, समय मै योजना सम्पन्न नगरिनु र सु शासनको कार्यान्वयनमा कमी तथा अकल्पनिय कोभिड महामारीका कारण नगरपालिकाले जनअपेक्षानुसार कार्य सम्पादन गर्न नसकेको तीतो यथार्थता हाम्रो विगत ४ बर्षको अनुभवले देखाएको छ । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा पहिलो पटक संघीय, प्रादेशिक तथा स्थानीय तह र तिनको स्वरुप तथा काम, कर्तब्य र अधिकार समेत स्पष्ट गरिएकोले संघीयताको कार्यान्वयन पश्चात स्थानीय तह मार्फत नागरिकलाई पाइने सेवा सुविधा झन् सरल, सहज, सबैको पहुँचयोग्य र प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ । सिमित स्रोत, साधन र नगरबासीका अनगिन्ती आवश्यकताहरु विच समन्वय गर्दै उपलब्ध स्रोत र साधनलाई आवश्यक्ताका आधारमा न्योचित वितरण गर्ने कुरामा हाम्रो ध्यान गएको छ । हाम्रो गन्तब्य गरिवी निवारणका लागि आर्थिक समृद्घि, सुसासन, सामाजिक समावेशिकरण, समावेशि विकास, सामाजिक न्याय सहितको आयको समान वितरण तर्फ हुन जरुरी छ । सोही उद्येश्य प्राप्तीका लागि नेपालको संविधानमा स्थानीय सरकारको परिकल्पना गरिएको हो ।

विकेन्द्रिकरणको सिद्धान्तको कार्यान्वयनवाट लोकतान्त्रिक प्रक्रिया संस्थागत हुनुका साथै स्थानीय नेतृत्वको विकास हुने अपेक्षा राखिन्छ । जातीय, भाषिक, धार्मीक, सांस्कृतिक तथा भौगोलिक विविधताहरुको संरक्षण, सम्वद्धन तथा प्रवद्धन हुदाँ स्थानीय आवश्यकता एवं समस्याहरुको स्थानीय स्तरबाटै पहिचान हुनुका साथै आफ्नो निर्णय आफैगर्न सक्ने वातावरण र क्षमताको विकास भएको छ । यस्तै क्षमता र वातावरणको विकासका लागि प्रमुख आधारशिलाको रुपमा स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन नियमावली, २०५६ ले बिकेन्द्रीकरणलाई बढावा दिएको हामी सबैलाई अवगत नै छ । बिगतमा स्थानीय तहको नीति निर्माणमा निर्वाचित जनप्रतिनिधीको अभावमा राजनितिक दलहरु तथा स्थानीय विज्ञको राय, सल्लाह र सहमतिमा नगरपालिकाहरुको नीति, कार्यक्रम तथा योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनको कार्य भैरहेकोमा जननिर्वाचित प्रतिनिधहरु बहाली भैसकेपछि उक्त कार्यहरु प्रभावकारी रुपमा भैरहेका छन् । विभिन्न योजना, नीति तथा कार्यक्रमहरुको छनौट देखि कार्यान्वयन, अनुगमन म्ूल्यांकनका हरेक चरणहरुमा बढी भन्दा बढी वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी यथाशक्य सर्वदलीय÷सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई यस नगरपालिकाले अवलम्वन गर्दै गइरहेको छ । वस्ती÷वडा तहबाट छनौट भएका योजनालाई नै प्राथमिकता दिदै योजना छनौट, सञ्चालन, अनुगमन तथा उपलब्धीको वाÒडफाÒड र उपभोग गर्ने जस्ता जिम्मेवारी जनताका हुन भन्ने सन्देश दिनु आजको आवश्यकता भएको छ । स्थानीय तहको कार्य प्रकृति र देशको विद्यमान संक्रमणकालीन अवस्थाको सन्दर्भमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, संचारकर्मी एवं नगरबासीज्यूहरुको राय, सल्लाह, सुझाव र सहयोग जरुरी रहेको छ ।
आठबीस नगरपालिकाको निति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागि निम्नप्रकारका प्राथमिकताका क्षेत्रहरु निर्धारण गरिएको छ ।
१० आर्थिक बिकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजना ।
२० उत्पादनमुलक र छिटो प्रतिफल दिने योजनाहरु ।
३। राजस्व पचिालन र आन्तरिक आयमा उलेख्य योगदान पुर्याउने योजना ।
४० स्थानीय स्रोत र साधनमा आधारित भै जनसहभागिता अभिवृद्धी गर्ने योजना ।
५० लैगिंक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउने योजना ।
६० दिगो बिकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने योजना ।
७० सांस्कृतिक विविधता धार्मिक सस्ंकार र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण र संम्वद्धन।
८० लक्षित वर्गको जिविकोर्पाजनमा सघाउने योजना ।

नगरपालिकाका समस्या तथा चुनौतीहरु
आठबीस नगरपालिकालाई व्यवस्थित शहरीकरण गरी नगर स्तरीय पूर्वाधारहरुको निर्माण गर्नु आजको प्रमुख चुनौती हो । सडक, बसपार्क, ल्याण्डफिल साईट, खानेपानी, ढल निकास , कार्यालय भवन, पार्क उद्यान, सभा हल, विद्युतिकरण, संचार जस्ता नगर स्तरीय पूर्वाधारहरुको निर्माण तथा बिस्तार गरी शहरलाई अझै बढी ब्यवस्थित, सुरक्षित, वातावरण मैत्री र सुन्दर बनाउनु चुनौतीको रुपमा रहेको छ । त्यस्तै कमजोर कर क्षमताका करदाता र न्युन कर सहभागिता रहेको यस नगरपालिकामा कर दाता मैत्री, बालमैत्री, अपांग मैत्री, वातावरण मैत्री, लैंगिक मैत्री स्थानीय शासन वहाल गर्नु, जनचेतना जगाउनु, संस्थागत क्षमता र आयस्रोतको अभिवृद्धि गरी आत्मनिर्भर, सक्षम र सवल स्थानीय तहको बिकास गर्नु, भ्रष्टाचार न्यूनीकरण, सुशासन अवलम्बन, समावेशीकरण, तथा समता मुलक नगर स्थापना गर्नु लगायत अन्य समस्या तथा चुनौतीहरु विद्यमान छन । अवसर
हाम्रोनगरपालिकाक्षेत्रभएरबगिरहेकोकर्णालीनदी, कर्णाली नदि लगायत यस नगरपालिकाका खोला बगरहरुमा पाइने नदिजन्य पदार्थ९ढुँङ्गा, गिट्टी वालुवा०, कर्णालीराजमार्ग, नयाँशहरआयोजना,पहाडरतराईमिश्रीतभुभाग,पूर्वपश्चिमलोकमार्ग, समतलतुल्यजिउलाकाफाँटहरुघनाबनजंगलएवहरियालीक्षेत्र,जैविकबिबिधता, धार्मिकतथापुरातात्विकसम्पदा, स्थानीयजातजातिकोलोककलासस्कृतीरमानवश्रोतलाईयसनगरपालिकाकोअवसरकारुपमालिनसकिन्छ।
चुनौतीहरु
सवलपक्षरसुधारगर्नुपर्नेपक्षहरुसंगैहामीलेसामनागर्नुपर्नेचुनौतिहरुकोबारेमाउल्लेखगर्नचाहन्छु।
१।नगरपालिकाकोकार्यचापबृद्धिभएसंगैआवश्यकजनशक्तितथास्रोतसाधनकोउपलब्धतानहुनु।
२।पूर्वाधारबिकासकालागीआवश्यकश्रोतरसाधनकोअभावहुनु।
३।अब्यबस्थितबसोवास,खानेपानीकोउचितप्रबन्धहुननसक्नुरअब्यबस्थित ढलनिकास।
४।नगरपालिकाकोसेवाप्रवाहप्रकृयालाईगुणस्तरियरप्रबिधिमैतीबनाउनु
५।जनशक्ति ब्यबस्थापन गर्न
६। कोभिड(१९ तथा कोरोना भाइरसको नियन्तण तथा रोकथाम
७।जनतालाइ भोकमरी बाट बचाउनु, उत्पादन बृद्धि गर्नु र रोजगारी उपलब्ध गराउनु
८।हालको बिषम परिस्थितीमा बिकास निर्माणका कामहरु संचालन गर्न।
९। समाजमा ब्याप्त सामाजिक कुरितिहरु जातिय विभेद, छाउपडी, लैङ्गिक हिंसा र वालविबाह न्यूनिकरण गर्ने।

आदरणीय सभाध्यक्ष एंव सभा सदस्यज्यूहरु
संविधानले दिएको अधिकार अनुसार जनताको सबै भन्दा नजिकको सरकारको हैसियतले जनताका असिमित आवश्यकता र आकांक्षाहरुलाइ सम्वोधन गरी अघि बढ्नु पर्ने हुन्छ भने अर्को तर्फ हामी संग सिमित श्रोत र साधनहरु उपलब्ध रहेका छन ।
अहिले हामी कोरोना भाइरसको संक्रमण रोकथामका लागी लागिरहेका छौ । यस बिषम परिस्थितीमा यस नगरपालिकाको नीति कार्यक्रम तथा बजेट यस गरिमामय सभामा प्रस्तुत गरि रहँदा थप जिम्मेवारी बोधको अनुभुती भएको छ । हामी संग उपलब्ध सिमित श्रोत र साधनबाट यस किसिमको महा बिपत्तीको सामना गर्नु हाम्रा लागी चुनौतीपूर्र्ण कार्य भएको छ । जनताको जिउ ज्यान जोगाउनु नै नगरपालिकाको कर्तव्य भएको हुदा सर्वप्रथम रोग छुटाउने अनि भोकमरी मेटाउने भन्ने उदेश्यका साथ यो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै छु ।
हाम्रो नगरपालिकामा शिक्षा, कृषि, पर्यटन, पशुपालन, उद्योग र ब्यापारको प्रचुर सम्भावना रहेको भएता पनि यसको समुचित उपयोग गरी नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने सन्दर्भमा हामीले सोचे जस्तो उपलब्धी हासिल भने गर्न सकिरहेका छैनौ । नगरबासीहरुले अझै पनी नगरपालिकाको पूर्ण अनुभुति गर्न नसकिरहेको अवस्थामा नगर कार्यपालिकाको सिंगो टिम यसलाइ सम्वोधन गर्न निरन्तर लागि परेको छ ।
आदरणीय सभाध्यक्ष महोदय
अव म आठवीस नगरपालिकाबाट नगरपालिका स्थापना भए देखि हालसम्म भए गरेका कार्यहरुको समिक्षा प्रस्तुत गर्दछु ।
१। आवश्यक नीतिगत र सस्थागत क्षमताको बिकास गर्दै जनताको आधारभुत आवश्यकताहरु परिपूर्ती गर्न र नगरको बिकास कार्यमा आठवीस नगरपालिका सदैव लागिरहेको छ ।
२। कोभिड(१९ को महामरीबाट सिर्जित अवस्थाका कारण चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा अपेक्षितरुपमा कार्यान्वयन गर्न नसकिएको हामी सबैलाइ बिदितै छ ।
३। आठवीस नगरपालिकाका बासिन्दाहरुको जीवन रक्षाका लागी महामारीको रुपमा देखिएको कोभिड(१९ बिरुद्ध नगरपालिका यसको नियन्त्रण, रोकथाम र उपचारको लागी प्रभावकारी रुपमा अगाडी बढाइरहेको छ ।
४।कोभिड(१९ को दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका क्रममा नगरपालिकाले ३९५ जनालाइ ऐन्टिजेन र ३६ जना लाई पिसिआर जाँच गर्दा १८२ जनालाई कोभिड पोजेटिभ देखिएको मा २६ जना लाई १४ दिन अस्थाई कोभिड अस्पतालमा भर्ना गरि उपचार गरिएको छ भने १५६ जना होम आइसोलेशनमा बसि उपचार गरिएको छ । जस मध्य ५ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको र ३ जनाको मृत्यु भएको छ । हाल नगरपालिकामा २६ थान सानो ठुलो गरि २६ थान अक्सिजन सिलिन्डर रहेकाछन ।
५।नगरपालिकाले कोरोना संक्रमण रोक्नका लागी लकडाउनको प्रभावकारी कार्यन्वयन गराउने, जनचेतना फैलाउने क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्ने कार्यमा कृयाशिल रहेको छ ।
६।आठवीस नगरपालिका अन्तर्गत चालु आवका लागि प्रस्तावित आन्तरीक आय अन्तर्गत रु ८० लाख वित्तिय समानिकरण तर्फ रु १० करोड २६ लाख,सशर्त अनुदान तर्फ रु २४ करोड ३० लाख ५७ हजार र राजस्व बाँडफाँड बाट रु ८ करोड ९२ लाख प्रदेश सरकारबाट राजस्व बाडँफाड९ लाख २२ हजार र प्रदेश समानिकरण अनुदान गरी रु १करोड २ लाख १० हजार र संघिय विशेष अनुदान रु २ करोड १० लाख, संघीय समपुरक अनुदान रु २ करोड १० लाख, प्रदेश सशर्त अनुदानरु। ५० लाख, प्रदेश विशेष अनुदान ४५ लाख र प्रदेश समपुरक अनुदान १ करोड ५० लाख प्रस्ताव गरीएकोमा चालु आवको जेठ मसान्त सम्ममा आन्तरीक आय तर्फ रु ३५ लाख ४ हजार मात्र असुली भएको छ ।
७।चालु तर्फ विनियोजन गरिएको रु ३३ करोड २ लाख २६ हजार मध्ये चालु आवको जेठ मसान्त सम्म रु १८ करोड २६ हजार ३७०। अर्थात ५४।५२ प्रतिशत खर्च भएको देखिन्छ । भने पूँजिगत तर्फ बिनियोजित रु २६ करोड ४४ लाख ५० हजार मध्ये जेठ मसान्त सम्म रु ५ करोड ४० लाख ४७ हजार अर्थात २०।४४ प्रतिशत खर्च भएको छ ।
८। कोभिड –१९ बाट सिर्जित अवस्थाका कारण प्रभावित चालु आवका योजनाहरुलाइ आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिइएको छ ।
९। स्वीकृत योजना तथा कार्यक्रम मध्य जेठ मसान्त सम्म र नगरपालिका स्थापना भए देखि हाल सम्म सडक ट्रयाक खोल्ने १७१ किमी,सडक मर्मत कार्य ५९ किमी, तला थप ४, बिद्यालय भवन कच्ची र पक्की गरि ६९ वटा, वडा कार्यालय ५, सौचालय २९ वटा, अन्य भवन १७, सिचाई कुलो निर्माण १५३३२ मिटर, पाइप सिचाइ ८९३५० मिटर, खानेपानीनिर्माण तथा मर्मत १०७ धारा निर्माण २४१ वटा,विद्यालय भवनको फिल्ड निर्माण तथा घेरावार ५१ वटा, तटबन्धन १७ स्थानमा स्वास्थ्य भवन १३ वटा वालबिकास भवन ८,मन्दिर ३३ वटा, सिचाई पोखरी १९ वटा कुटानी पिसानी मिल ४ स्थानमा र घरजग्गा नक्सापास १ वटा अभिलेखिकरण १२ वटा प्रक्रियामा रहको।
१०।आठबीस नगरपालिका नगर शिक्षा समितिद्वारा नगर शिक्षा योजना तयार पारी शिक्षाको गुणस्तरमा सुधारका लागि कार्यक्रमहरु संचालन भैरहेका छन् ।विद्यालयका प्रधानाध्यापक सँग मासिक रुपमा नियमित बैठक बस्ने व्यवस्था मिलाईएको विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाहरु संचालन गरिएको नमुना विद्यालयहरुका लागि शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । नगरबाट बाहिर हुने खेलकुद प्रतियोगितामा सहभागी टोलिहरु पठाईएको छ ।३ वटा विद्यालयहरु स्तरोन्नती गरिएको विद्यालयहरुको भौतिक पुर्वाधारमा सहयोग भएको अवस्था छ ।
आदरणीय सभाध्यक्षज्यू एंव उपस्थित महानुभावहरु
अव म आगामी आ व २०७८।०७९ का लागि आठबीस नगर कार्यपालिकाद्वारा नगर सभामा स्वीकृतका लागि पेश गरेको निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दछु ।
ूशिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार, आठबीस नगरको समुन्तिका आधारू भन्ने नारालाई आत्मसाथ गर्दै आठबीस नगर लाई सम्बृद्ध र सम्पन्न नगरपालिकाको रुपमा निर्माण गर्ने लक्ष्य लिइएको छ ।
आदरणीय सभाध्यक्षज्यु
यस गरिमामय सभा समक्ष आगामी आ व २०७८।७९ मा संचालन गरिने कार्यक्रमहरुको तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख आधारहरुलाइ यहाँ प्रस्तुत गर्दछु ।
१।नेपालको संविधान र मौजुदा कानुनहरु,नेपालको पन्धौँ योजना, दिगो विकासका लक्ष्यहरुलाई आधार मान्दैयस नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि निम्न विधि अवलम्बन गरिएको छ ।
२।प्रत्येक वडाका लागि वडास्तरमा संचालन गर्न सकिने योजना तर्जुमा गरी पठाउन वडालाई बजेट सिमा तथा मार्गदर्शन प्रदान गरिएको छ ।
३।योजना तथा कार्य्रकम छनोट गर्दा आगामि आर्थिक वर्षलाई उत्पादन तथा रोजगार बर्षका रुपमा विकास गर्ने निति रहेकोले वडाबाट पठाउने योजना तथा कार्यक्रम कृषिजन्य उत्पादन बृद्धि गर्ने अनुरुपका योजना छनौट गरि पठाउने व्यवस्था मिलाइएकोछ ।
४।वडा समिति लगायत विभिन्न सरोकारवाला व्यक्ति तथा निकायसंग नगरपालिकाले अवलम्बन गरेको निति तथा कार्यक्रमको बारेमा सुझाव लिएको छ ।
५।कोभिड १९ को रोकथाम नियन्त्रण प्रतिकार्य र उपचारको समेतको प्रभावकारी रुपमा व्यवस्थापन हुने गरी योजना तथा कार्यक्रमहरु छनौट गरिएको छ ।
६।योजना छनौट गर्दा चालु आर्थिक बर्षमा सम्पन्न हुन नसक्ने योजनाहरुलाई आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिने नीति अवलम्बन गरिएको छ ।
बजेटका उद्देश्यहरुः
आदरणीय सभाध्यक्षज्युएंव उपस्थित महानुभावहरु
आर्थिक वर्ष २०७८।०७९ का बजेटका उद्देश्यहरु यस प्रकार उल्लेख गरेको छु ।
१ हाल माहामारीको रुपमा फैलिएको कोरोना रोग संक्रमण रोकथाम नियन्त्रण प्रतिकार्य र उपचारलाई प्रभावकारी बनाउने।
२ कोभिड १९ को कारण उत्पन्न परिस्थितिबाट हुनसक्ने भोकमरीबाट जोगाउने ।
३ कोभिड १९ को कारण रोजगार गुमाएका विशेषगरी भारत र तेस्रोमुलुकमा रोजगारीका लागि निर्भर रहेका व्यक्तिहरुको सिप र श्रमको उपयोग गरी रोजगार सृजना गर्ने ।
४ कृषि तथा पुशपालन पेशालाई व्यवसायिक रोजगारमुलक बनाउने ।
५ आधारभुत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउने ।
६ पुर्वाधारहरुको विकास र विस्तारबाट जनताको जिवनयापनमा सहजता ल्याउने ।
७ स्वच्छ खानेपानी र सरसफाईको पहुँचमा बृद्धि गर्ने ।
८ नगरको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने ।
९ विपद्जन्य जोखिम न्युनिकरणका लागि योजनाबद्ध रुपमा अगाडी बढ्ने ।
१० वृक्षारोपण तथा संरक्षणको माध्यामबाट ुुहरियाली आठबीस अभियानू संचालन गर्ने ।
११ फोहोरमैला व्यवस्थापनलाई बैज्ञानिक रुपमा व्यवस्थित गर्ने ।
१२ उद्यम व्यवसाय विकासमा विपन्न, दलित, महिला, एच आई भि भएका र फरक क्षमता भएका व्यक्तिहरुको अर्थपुर्ण सहभागितामा बृद्धि गरी उहाँहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, पुनस्थापना, सहायक सामाग्री तथा न्यायमा पहुँच हुने गरी कार्यक्रमहरु संचालन गर्ने ।
१३ नगरपालिका र वडाबाट प्रदान गरिने सेवाहरुलाई छिटो छरितो वनाउन प्रविधिमैत्री बनाउने ।
उपरोक्त नगरपालिकाको सोच लक्ष्य उद्देश्यलाई आत्मसात गर्दै आठबीस नगरपालिकाको दिर्घकालिन सोचको वास्तविक धरातलमा पुग्नका लागि निम्नानुसारको क्षेत्रगत नीतिहरु अवलम्बन गरिएको छ ।
आदरणिय सभाध्यक्षज्युएंव उपस्थित महानुभावहरु
अव म आगामी आर्थिक वर्षका क्षेत्रगत नीति तथा आधारहरु प्रस्तुत गर्दछु ।
१ राजस्व परिचालन नीति
१।१ नगरपालिकाको राजस्व बृद्धिका लागि करको बृद्धि भन्दा पनि करका क्षेत्रहरु पहिचान गरी करको दायरालाई दिगो र फराकिलो वनाउने नीति लाई निरन्तरता दिइनेछ ।
१।२ आन्तरीक आम्दानीको बृद्धिका लागि वडा बाट असुल हुने आन्तरीक आय मध्य सिफारिस दस्तुरको ४० प्रतिशत रकम सम्बन्धित वडाको वडा समितिकोनिर्णय बमोजिम खर्च गर्ने नीति लिइनेछ ।
१।३ नगरपालिकाको स्वामित्वमा रहेका सम्पतिहरु तथा अन्य सार्वजनिक सम्पतिहरुको उचित संरक्षण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१।४ एकिकृत सम्पती कर , व्यवसाय कर , बहाल करतथा अन्य करका श्रोतहरुको लगत अध्यावधिक गर्दै लगिनेछ
१।५ आन्तरीक राजस्व अभिबृद्धिका लागी सार्वजनिकनिजी र साझेदारी अन्तर्गत विभिन्न संघ सस्थाहरु संग सहकार्य गरिनेछ ।
१।६ पेश्की तथा बेरुजुहरु फछ्यौट गर्ने कार्यलाई प्रभाकारी बनाइनेछ ।
१।७ करलाई व्यवस्थित गर्न यथासक्य एकिकृत सम्पतिकर प्रणाली लागु गरि करको दायरा फराकिलो बनाइनेछ ।साथै राजश्व संकलन लाई थप मजबुद बनाउन प्रत्येक वडाहरुमा राजश्व सम्बन्धी सफ्टवेयर संचालन गरिनेछ ।
१।८ आन्तरीक आयमा सवल बनाउन राजस्वमा सुधार गरी सहज, सरल र दायरा फराकिलो बनाइ सर्वसुलभ बनाइनेछ ।
१।९ आन्तरीक आय वृद्धि गर्नका लागी राजस्वकारकरका विभिन्न क्षेत्रहरुको पहिचान गरिनेछ ।
१।१० फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी वनाउदै सो वापत प्रत्येक घरधुरी, संघसस्था, कार्यालय, व्यापारीक पसल, अस्पताल र फार्मेसीहरुलाई शुल्क लगाइनेछ ।
१।११ नगरपालिका भित्रका सम्पूर्ण कर योग्य व्यवसायलाई करको दायरामा ल्याइनेछ ।
१।१२ बहाल विटौली कर लागु गरिनेछ ।
१।१३ आन्तरीक श्रोतको अभिवृद्धिका लागी पूर्वाधारको विकास गरी सेवा शुल्कमा आवद्ध गरिनेछ ।
१।१४ नगरक्षेत्र भित्र अव्यवस्थितरुपामा संचालनमा रहेका अस्थायी क्रसर उद्योगहरुलाई अनिवार्यरुपमा करको दायरामा ल्याइने नीति लिइनेछ ।
२। रोजगार नीति
बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क तयार गरि एक परिवारको कम्तिमा एकजना ब्यक्तिलाई १५० दिन रोजगारको ब्यबस्था गरिनेछ । यसका लागी यूवाहरुको सिप, क्षमता र आवश्यकतामा आधारीत भएर यूवा स्वरोजगार कार्यक्रम संचालन गरिनेछ । यसका लागी आवश्यक रकम विनियोजन गरेको छु ।
२।१ चालु आर्थिक बर्षको नगरप्रमुख रोजगार कार्यक्रमलाई आगामि आर्थिक बर्षमा समेत निरन्तरता दिइनेछ ।
२।२ रोजगारीका अन्य सम्भावित क्षेत्रहरुको पहिचान गरी कार्यन्वयनमा ल्याइनेछ ।
२।३ संघीय सरकारको समन्वय र सहकार्यमा गरिवी निवारणकोष बाट प्रवर्द्धित सामुदायिक सस्थाहरुमा रहेको घुम्तीकोषको संरक्षण र प्रभावकारी परिचालन गरि उत्पादन अभिबृद्धि आय आर्जन र रोजगारी सृजना गर्ने कार्यमा उपयोग गरिनेछ । यस्ता सस्थाहरुलाई संघीय नीति अनुसार सहकारी प्रणालीमा रुपान्तरण गरिनेछ । सहकारी तथा समुहको माध्यम बाट स्वरोजगारका कार्यक्रमहरु संचालन गरिने नीति लिइनेछ ।
३। कृषि विकास तर्फ
३।१प्रत्येक वडामा कृषि तथा पशु प्राबिधिकको उपलब्धता हुने गरी एक वडा एक प्राविधिकको ब्यवस्थालाई निरन्तरता दिइनेछ।
३।२कृषकलाई कृषि तथा पशुपालन सम्बन्धी आवश्यक तालिम तथा सिप प्रदान गरिनेछ ।
३।३समुहमा आवद्ध कृषकहरुका लागी कृषक अध्यायन अवलोकन भ्रमणको ब्यबस्था गरिनेछ ।
३।४कृषकहरुका लागी साना सिचाई आयोजना र भकारो सुधार कार्यक्रम संचालन गरिनेछ ।
३।५कृषि तथा पशुपालनको सम्भाव्यताका आधारमा एक वडा एक उत्पादन पहिचान कार्यक्रम संचालन गरिनेछ ।
३।६सहकारी, साना किसान र कृषक समुह संगको साझेदारीमा उत्पादित कृषि तथा पशु जन्य उत्पादनको ढुवानीमा अनुदान उपलब्ध गराइनेछ ।
३।७स्थानीय स्तरमा रहेका बाँस,निगालो, अल्लो र सिस्नोको संरक्षण र उत्पादनमा बृद्धिगरि उपयोग गरिनेछ ।
३।८उत्पादनको बजारीकरण गर्न नगरपालिकाबाट स्थानीय हाटबजारका लागी आवश्यक पूर्वाधार निर्माण गरी सचालनमा ल्याइनेछ ।
३।९विभिन्न प्रजातिका वोटबिरुवाको बेर्ना, अन्य अन्न तथा नगदेवालीको विउ उत्पादनका लागी नगरपालिका क्षेत्रमा एक नर्सरीको स्थापना गरिनेछ ।
३।१०प्रत्येक वडामा पशु उपचारका लागी आवश्यक पर्ने डिपिङ्ग लगायत आवश्यक न्यूनतम पूर्वाधार तयार गरिनेछ ।
३।११ प्रत्येक वडामा एक वटा महिला सहकारी स्थापना गरि मासु तथा दुग्ध पदार्थ उत्पादनमा बृद्धि गर्नका लागी भैसी र बाख्रा पालन गर्ने कृषकहरुका लागी २ वटा सम्म भैसी पालन गर्ने र १० वटा सम्म बाख्रापलान गर्ने कृषकहरुलाइ प्रोत्साहन बापत रु ३० हजार रकम अनुदान बापत उपलब्ध गराइने नीति लिइनेछ ।
३।१२सबै बाझो जमिनलाई खेर जान नदिइ कृषि योग्य भुमिको उपयोग गरी सघन खेतिप्रणालीका माध्यमबाट कृषि उत्पादन गर्ने नीति कार्यन्वयनमा ल्याइनेछ ।
३।१३सार्वजनिक बनक्षेत्र, सडक तथा राजमार्गको किनारा , नदिबगर र उपयोग बिहिन सार्वजनिक सरकारी जमिनमा उपयुक्त किसिमको खेति र अन्य विरुवा रोप्ने संरक्षण गर्ने कार्यक्रम अभियानको रुपमा संचालन गरिनेछ ।
३।१४नीजि तथा बाँझो जग्गामा खेति गर्न कृषकहरुलाइ प्रोत्साहित गरिनेछ ।
३।१५ुुकृषकलाई टेवा घरघरमै प्राविधिक सेवाू भन्ने नाराका साथ कृषकहरुलाइ माटोको प्रकार गुणस्तर हावापनी अनुकुल खेती गर्न मल बिउ र प्राविधिक सेवा उपलब्ध गराइनेछ । प्राविधिकले खेतवारी गोठ र फर्महरुमा नै पुगि सेवा दिने ब्यवस्था मिलाइने छ ।
३।१६फलफुल तथा तरकारी भण्डारणका लागी चिस्यान केन्द र दुग्ध संकलन तथा भण्डारणका लागी डेरीको स्थापना र संचालनका लागी कृषक, नीजि क्षेत्र र सहकारीहरुलाइ प्रोत्साहित गरिनेछ ।
३।१७कृषिको व्यावसायिकरणका लागी हाइटेक नर्सरी स्थापना र टनेल हाउस तथा थोपा सिचाइ जस्ता प्रविधिको विस्तार गरिनेछ ।
३।१८कृषि उपजमा किटनाशक औषधी तथा रासायनिक मलको प्रयोगलाइ निरुत्साहित गर्दै जैविक बिषादि र प्राङ्गारीक मलको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिइनेछ ।
३।१९नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति अनुसार कृषिमा सहुलियत ब्याजदरको सुविधालाई नगरपालिका जमानत बसि सहकारी बैङ्क तथा वित्तिय सस्थाद्धारा ऋण उपलब्ध गराउने नीति लिइनेछ ।
३।२०पशुपालन र उत्पादनलाई प्रोत्साहित गर्न विउ पूजि परिचालन कार्यक्रम सचालन गरिनेछ ।
३।२१पशु विमा,नश्ल सुधार र कृषि विमा कार्यक्रम सचालन गरिनेछ ।
३।२२स्थानीय प्रजातिका धान, मकै, कोदो लगायतका अन्नहरुको सरक्षण तथा प्रवद्धन गरिनेछ । त्यस्ता वालीहरुको बजारीकरण समेतको ब्यबस्था समेत मिलाइनेछ ।
३।२३कृषि तथा पशु जन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रणका लागी आवश्यक पहल गरी नियन्त्रण गरिनेछ ।
३।२४नेपाल सरकार तथा प्रदेश सरकार सँगको समन्वय र सहयोगमा आधुनिक सित भण्डारण स्थापना र संचालन गरिनेछ । तत्कालका लागी आधुनिक प्रबिधियुक्त तथा प्रोटेवल शितभण्डारणको निर्माण गरिनेछ ।
३।२५सुन्तला तथा कागति क्षेत्र विकास गरिनेछ । यसका लागी एक उपयुक्त वडा छनौट गरी सुन्तला कागती उत्पादन कार्यक्रम संचालन गरिनेछ ।
३।२६कृषिको सम्भावनाको पहिचानका लागी नगरपालिकाको कृषि प्रोफाइल तयार गरनेछ ।
३।२७सरकारी तथा गैर सरकारी संघ सस्था तथा निकाय संग समन्वय गरी संघीय कानुन अनुसार अनुदान, ऋण तथा सहयोग प्राप्त गरी कृषि तथा पशुपालन विकास कार्यक्रम संचालन गरिनेछ ।
३।२८माटोको उत्पादकत्व गुणस्तर र व्यवस्था पत्ता लगाउन माटो परिक्षण शिविर संचालन गरनेछ ।
३।२९कृषकको सोधपुछलाई सहज बनाउन प्राबिधिक सेवा प्राप्त गर्ने लगायतका कार्यका लागी किसानहरुले निशुल्क सम्पर्क गर्न सक्ने गरी टोल फ्री न संचालनमा ल्याइनेछ ।
३।३०कर्णालीका माछाको पहिचान झल्किने गरी माछापालनको सम्भाव्यता अध्यायन गरी माछापालन गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ ।
३।३१कृषि तथा पशु विकास सम्बन्धी कार्यक्रमहरु संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको समन्वय, सहकार्य र साझेदारीमा कार्यन्वयन गरिनेछ ।
३।३२कृषि क्षेत्र तथा कृषकहरुको सूचिकरण तथा दर्ता कार्य अगाडी बढाइनेछ ।
३।३३ मकैवालीमा व्यापकरुपमा नोक्सान पुर्याइरहेको फौजिकिरा तथा अन्य बालिको महामारीको रोकथामाका लागि आवश्यक अभियान संचालन गरिनेछ ।
४।उद्योग तथा उद्यमशिलता नीति
४।१ औद्योगिक ग्राम, औद्योगिक क्षेत्र निर्माणका लागी आवश्यक पहल गर्दै त्यसका लागी आवश्यक पूर्वाधार बिकासमा लगानी बढाइनेछ ।
४।२ स्थानीय श्रोत र साधनको उपयोग गरी कृषि तथा गैर कृषि उत्पादन, प्रशोधन र रोजगारी सृजना र स्थानीय समृद्धिको आधारमा लद्यु तथा घरेलु उद्यमलाइ अभियानको रुपमा संचालन गरिनेछ ।
४।३ घरेलु तथा साना उद्योगको प्रर्वद्धन विकासमा जोड दिइनेछ ।
४।४ ढुङ्गा काट्ने र बलक निर्माण गर्ने लगाएतका स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा जोड दिइनेछ।
४।५ महिलाहरुमा रहेको सिप क्षमता बिकास गर्न महिला उद्यमशिलता कार्यक्रमलाई अझ फराकिलो बनाइदै लिइनेछ ।
४।६ आर्थिक उपार्जनका लागि बेसार, धनिया लगायतका मसलाजन्य पदार्थको उत्पादन कार्यमा एकल, आर्थक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचाँन गरि समुहको माध्यामबाट आवश्यक सहयोग गरिनेछ ।
४।७ स्थानीय स्तरमा सेनेटरी प्याडको उत्पादन गरि अति बिपन्न व्यक्तिहरुको सिप र क्षमतालाई उपयोग गरिनेछ ।
४।८ स्थानीय तहमा पाइने बासँ र निगालोबाट विभिन्न सामग्रीहरुको निर्माण गर्न यूवाहरुको सिप क्षमता विकास गरी पर्यटकहरुलाई आकर्षण गर्न कोशेलीघर संचालनमा ल्याइनेछ ।
४।९ स्थानीय स्तरका उद्योगको क्षेत्रमा प्रभावकारि कार्य संचालन गर्न उद्यम विकास सहजकर्ताको व्यवस्थापन गरि परिचालन गरिनेछ ।
४।१० सामुहिक तथा एकल उत्पादनलाई टेवा पुग्ने गरि उत्पादन भएका रस जन्य पदार्थ र अन्य बस्तुहरुको प्रशोधन गरि विक्रि वितरणका लागि उत्साहित गरिनेछ ।
५।पर्यटन प्रर्वद्धन नीति
५।१ सस्कृति र समुदायका आधारित होमस्टे संचालनका लागी आवश्यक पूर्वाधार विकास र पहँचमा बिस्तार जस्ता कार्य संचालन गरिनेछ ।
५।२ रारा घुम्ने पर्यटकहरुलाई कम्तिमा १ दिन राकमकर्णालीमा बसाइ हुने गरी होमस्टे र र्यापटिङ संचालन कार्यलाई निरन्तरता दिइनेछ ।साथै स्थानीय गाँउहरुलाई जोड्ने गरी टेक्रिङ्ग रुट संचालन बारे अध्ययन गरिनेछ ।
५।३ आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न मनोरन्जन पार्क ज्ञान पार्क र फ्रि वाइफाई जोनको व्यवस्थापन गरिनेछ ।
५।४ पर्यटकको उचित सेवा, सत्कार र सुरक्षा प्रबन्ध सहितको पर्यटकिय आवास व्यवस्था गर्न नीजि क्षेत्रसंगको समन्वयमा होटलहरुको न्यूनतम सेवा र गुणस्तर मापदण्ड निर्धारण गरि अनुगमन र नियमन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
५।५ कर्णाली राजमार्गलाई आधार बनाई यस नगरपालिकाका सबै वडाहरु समेटी चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिदै सबै वडाका पर्यटकिय स्थानहरुको समेटिने गरि एकिकृत पर्यटन सर्किट निर्माणमा जोड दिइनेछ ।
५।६ दह देखि बासुल्ले किलाहान्ने कालिकोट जोड्ने पर्यटकिय सडक निर्माणको कार्यलाई तिव्रता दिदै बयालढङ्गा मा भ्यू टावरको स्थापना गरिनेछ ।
५।७ यस आठबीस नगरपालिकामा संचालनमा रहेको नयाँ शहर आयोजनालाई १(९ सम्मका वडाहरुमा पुर्वाधार निर्माणको लागि विस्तार गरिनेछ ।

६। सहकारी नीति
६।१ लगानी प्रबद्धनका लागी करछुट तथा सहुलियतको ब्यबस्था गरिनेछ । सहकारीको क्षमता र सम्भावना सहितको सहकारीको प्रोफाइल तयार गरिनेछ । एक सहकारी एक रणनीति मा जोड दिइनेछ ।
६।२ सहकारीको अनुगमन र नियमनलाइ प्रभावकारी बनाइनेछ ।
६।३ निष्क्रिय सहकारी खारेज गर्दै सकृय सहकारी लाइ थप सवल बनाउने नीति अवलम्बन गरिनेछ ।
६।४ सहकारीका शेयर सदस्य र संचालक समितका सदस्यहरु र व्यवस्थापकका लागी आवश्यक पर्ने तालिमहरु संचालन गरिनेछ ।
६।५ नगर कृषक सहकारी साझेदारीमा आधारीत भएर ब्यबसायिक कृषि कार्यक्रमहरु संचालन गरिनेछ ।
६।६ आवश्यकता अनुसार सहकारीहरुलाइ एकिकरण गर्न प्रोत्साहित गरिनेछ ।
६।७ नगरपालिकामा रहेका सहकारीहरु मध्य असल अभ्यास गरिरहेका सहकारीहरुलाई सम्मान गरिनेछ ।
७। स्वास्थ्य तर्फ
७।१ प्रत्येक स्वास्थ्य सस्थावाट महिलाहरुका लागी एक महिनामा एक प्याकेट सेनेटरी प्याड नि शुल्क वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
७।२ हाल संचालनमा नरहेका बर्थिङ्ग सेन्टर आवश्यकता अनुसार संचालनमा ल्याइनेछ र आवश्यकता अनुसार थप बर्थिङ्ग सेन्टर स्थापना र संचालन गरिनेछ ।
७।३किशोर किशोरीका लागी लक्षित गरेर विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिनेछ । किशोरीहरुको आत्मसुरक्षाका लागी सिप क्षमतामा विकास गरिनेछ ।
७।४ स्वास्थ्य कर्मिका लागी प्रोत्साहित गर्ने नीतिलाइ निरन्तरता दिइनेछ ।
७।५ नेपाल सरकार र प्रदेश सरकार संगको सहयोगमा यस आठबीस नगरपालिका वडा नं। ३ को जाक्सीमा १०० शैयाको ट्रमा सेन्टर सहितको अस्पतालको लागि जग्गा पास भैसकेकोले तत्काल स्थापना र संचालनका लागी डिपिआर गरी आवश्यककार्य अगाडी बढाइनेछ ।
७।६ स्वास्थ्य स्वयम सेबिका लाई मासिक बैठकमा सहभागी भए बापत यातायत रकमको ब्यबस्था गरिनेछ ।
७।७ महिला संग सम्बन्धित पाठेघर खस्ने, यौन रोग र पाठेघरको मुखको क्यान्सर पहिचान गरि उपचारका लागि पहल गर्न महिला स्वास्थ क्लिनिक संचालन गरिनेछ । साथै नगरवासीको स्वास्थ्य सेवा पाउने अधिकारलाई मध्यनजर राख्दै विभिन्न खालका विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिनेछ ।
७।८ किशोरी कार्यक्रम अन्तरगत महिनावारी तथा यौन शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
७।९ स्वास्थ्य कर्मि क्षमता बिकास तथा विभिन्न तालिमहरु संचालन गरिनेछ ।
७।१० कोभिड(१९ नियन्त्रण तथा रोकथामका लागी,आइसोलेसन व्यवस्थापन गर्ने कार्यलाइ थप ब्यबस्थित बनाइनेछ ।
७।११कोरोना परिक्षणका लागी अन्य पालिका तथा निकाय संग साझेदारी गर्ने नीति अवलम्वन गरी कोरोना परिक्षणको दायरा बिस्तार गरिनेछ ।
७।१२ स्वास्थ्य सस्थाहरुको ःष्लष्mगm क्तबलमबचम हासिल गर्ने प्रर्यत्न गरिनेछ ।
७।१३ स्वास्थ्य चौकीहरुमा प्रयोगशाला उपकरण तथा ‍औषधी व्यव्सथापनलाई प्रभावकारी बनाउदै लगिनेछ ।
७।१४ राकमकर्णाली स्वास्थ चौकीमा एक्सरे भिडियो एक्सरे संचालन भैसकेको र अन्य परिक्षण समेत गर्ने ब्यबस्थाका लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
७।१५ कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान संगको साझेदारीमा राकमकर्णाली स्वास्थ चौकीमा विशेषज्ञ सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
७।१६ नगरपालिका क्षेत्रमा कम्तिमा २ वटा एम्बुलेन्स संचालनमा ल्याइनेछ ।
७।१७ स्वास्थ्य सस्थाबाट जटिलखालका विरामीलाई प्रेषण गर्न स्वास्थ्य सस्थामा प्रेषणकोषको स्थापना गरिनेछ ।
७।१८ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सगको सम्झौता बमोजिम राकमकर्णाली स्वास्थ्य चौकीमा कार्यरत चिकित्सकलाई सेवा सुविधा उपलब्ध गराइनेछ ।
७।१९ नगरपालिका भित्रको कुपोषणको दरलाई न्यूनिकरण गर्न पोषण पुर्नस्थापना केन्द्रको स्थापना गरि पोषण व्यवस्थापनलाई थप प्रभावकारी बनाउदै लगिनेछ । साथै खाद्य सुरक्षा कार्यक्रम सचालन गरिनेछ ।
७।२० नमुनाको रुपमा स्वास्थ चौकीहरुमा फार्मेसी सेवा संचालनमा ल्याइनेछ ।
७।२१ ६ ओटा मात्र स्वास्थ्य चौकी रहेको यस पालिकामा स्वास्थ्य सस्था टाढा भएका स्थानहरुमा हालसम्म १३वटा शहरी स्वास्थ्य केन्द्र, वर्थिङ्ग सेन्टर र आधारभुत स्वास्थ्य इकाई स्थापना गरी ल्याव सहितको आधारभुत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।उल्लेखित संस्थाहरुलाई थप व्यवस्थित बनाइनेछ । साथै प्रत्येक वडामा ल्याव सेवा संचालन गरिनेछ ।
७।२२ जोखिममा काम गर्ने स्वास्थ्यकर्मिहरुका लागी जोखिम भत्ताको व्यवस्था मिलाइनेछ ।
७।२३ यस नगरपालिकामा रहेका एआर टि लिने सेवाग्राहीहरुलाइ दिइरहेको पोषण भत्तालाई आगामि आर्थिक बर्षमा समेत निरन्तरता दिइनेछ ।
७।२४ एच आई भि को जोखिम न्यूनिकरण गर्न यस नगरपालिकामा समुदायमा आधारित रक्त परिक्षण कार्यक्रमलाई अगाडि बढाउन आवश्यक जनशक्तिको व्यवस्थापन गरिनेछ ।
७।२५ यूवा पिढिमा नैरस्यता बढेर आत्महत्याका घटनाहरु बढीरहेको विषम परिस्थितिलाई मध्य नजर गर्दै स्थापित मनोसामाजिक परामर्श सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाइनुका साथै मा वि हरुमा मनेसामाजिक सेवा वारे जानकारी गराइनेछ र किशोर किशोरीको समस्या अनुकुलन क्षमता अभिबृद्धिका लागि स्वास्थकर्मिहरुलाई तालिम प्रदान गरि परिचालन गरिने व्यवस्था मिलाइनेछ ।
७।२६ गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषिलो खाना व्यवस्थापनका लागि उपप्रमुखको कोसेलि कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
७।२७ विहेवारी २० वर्ष पारीको नारालाई कार्यन्वयन गर्न किशोर किशोरी समुह गठन तथा परिचालन गरिनेछ ।
७।२८ प्रत्येक स्वास्थ्य इकाइमा अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
७।२९ सुत्केरी सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुमा सुत्करी भएका महिलाहरुलाई ज्वानोको झोल उपलब्ध गराइनेछ ।
७।३० छ वटा मात्र स्वास्थ्य संस्था रहेको यस पालिकामा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरिनुका साथै इत् सेवा समेत सुरुवात गरिनेछ ।
८। शिक्षा नीति
८।१ बिद्यालयमा शैक्षिक गुणस्तर सुधार, बिकास र नवप्रर्वतनीय कार्यका लागी पूर्वाधार, प्रविधिर जनशक्ति लगायतको आधारमा सरोकारवाला समेतको सहभागितामा नमुना बिद्यालय मापदण्ड तयार गरिनेछ । ुुएकवडा एक नमुना बिद्यालयू कार्यक्रम संचालन गरिनेछ ।
८।२ शिक्षण सस्थाको नक्साङ्कन गरी भुगोल र न्यूनतम बिद्यार्थी संख्याको आधारमा बिद्यालय समायोजन गर्ने नीति लिइनेछ ।
८।३ गुणस्तरीय शिक्षाका लागी विद्यालयमा योग्य दक्ष र शिक्षण पेशामा प्रतिफल शिक्षकको आपुर्ति बिकास तथा परिचालन गरिनेछ ।
८।४ आधारभुत तहमा आठवीसको गौरव भाषा सस्कृती मुल्य र मान्यता, सिप र प्रबिधि समाबेश भएको स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यन्वयनमा ल्याइनेछ ।
८।५ शैक्षिक गुणस्तरका लागी प्रत्येक बिद्यालयका प्रधानाध्यापक संग कार्यसम्पादन करार गर्ने नीतीलाइ निरन्तरता दिदै सोको मासिकरुपमा समिक्षा गरिनेछ ।
८।६ शैक्षिक गुणस्तर बृद्धिको लागी प्रत्येक बिद्यालयले बिद्यालय स्तरको बार्षिक बिद्यालय सुधार कार्ययोजना र नगरले बार्षिक नगर शिक्षा सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
८।७ शिक्षित बेरोजगार समाधानका लागी लोकसेवा अध्यायन केन्द्र स्थापना वा प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ ।
८।८ पाचँ वर्षमुनीका वालवालिकाको सर्वाङ्गीण विकासका लागी वालविकास केन्द्रहरुको स्तरउन्नोति गर्दै नगरपालिकामा नमुना वालविकास केन्द्र संचालन गरिनेछ । यसका लागि तालिम, सामग्रीर पूर्वाधारको ब्यवस्थापनमा जोड दिइनेछ ।
८।९ सामुदायिक सिकाइ केन्दहरुको स्थापना र संचालन गर्ने नीति लिइनेछ । निस्क्रिय सामुदियक सिकाइ केन्द्रहरुलाई खारेज गर्दै क्रियाशिलसामुदायिक केन्द्रहरुलाई थप प्रोत्साहित गरिनेछ ।
८।१० सबै सामुदायिक विद्यालयरुमा स्वच्छ खानेपानीको सुनिश्चितता गरिनेछ । साथै विद्यालय सरसफाई कार्यक्रमलाई प्रभावकारि बनाउन विद्यालय व्यवस्थापन समिति विद्यालय परिवार र सरोकारवालालाई जिम्मेवार वनाउने नीति लिइनेछ ।
८।११विद्यालयको अनुगमन र नियमनलाइ थप प्रभावकारी बनाइनेछ ।
८।१२ वालवालिकाको अध्ययनमा अभिभावकलाइ चासो राख्न प्रोत्साहित गर्ने गरी अभिभावक सचेतिकरण कार्यक्रम संचालन गरीनेछ ।
८।१३ विद्यालयमा असल अभ्यासहरुको आदानप्रदान गर्ने ब्यवस्था मिलाइनेछ ।
८।१४ कोभिड(१९ को कारण प्रभावित बिद्यालय शिक्षालाई निरन्तरता दिन बैकल्पीक उपायहरुको अवलम्बन गरिनेछ ।
८।१५ शिक्षकहरुका लागी तालिम भ्रमण र क्षमता बिकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
८।१६ यस नगरपालिका भित्र १ मात्र शिक्षा क्याम्पस संचालनमा भएकोले कृषि क्याम्पस स्थापनाका लागि प्रदेश र संघ सरकार सँग आवश्यक पहल गरी उक्त क्याम्पस स्थापना गरिनेछ ।

९। यूवातथा खेलकुद
९।१ यूवाहरुको क्षमता र सम्भावनामा आधारीत भएर आठवीस यूवा प्रोफाइल तयार गरिनेछ ।
९।२ प्रत्येक टोलटोलमा युवा स्वयमसेवक समुह गठन गरी यूवाहरुलाई विकास, वातावरण सरक्षण, सरसफाइ र बिपद व्यवस्थापन लगायतका कार्यक्रममा परिचालन गरिनेछ ।
९।३ समाजका विविध पक्षलाई परिवर्तन गर्न यूवाहरुलाई उपयोग गर्दै समुन्नत आठवीसका लागी यूवा संग हातेमालो गर्दै अभियानहरु संचालन गरिनेछ ।
९।४ एक वडा एक खेल मैदान कार्यक्रम संचालन गर्नुका साथै राकमकर्णालीमा सभा गृह निर्माणका लागी संघ र प्रदेश सरकार संग आवश्यक पहल गरिनेछ । खेलकुदका लागी आवश्यक पूर्वाधार निर्माण तथा खेल सामग्री उपलब्ध गराइनेछ ।
९।५ विभिन्न खेलहरु भएको नगरस्तरीय मेयरकप आयोजना गरिनेछ ।
९।६ नगरभन्दा बाहिर हुने खेलकुद प्रतियोगितमा नगरको प्रतिनिधित्व गरी जाने खेलाडीहरुलाइ प्रोत्साहन गर्ने नीति लिइनेछ ।
९।७ विद्यालय स्तरमा खेलकुदका लागी आवश्यक सामग्रीहरु उपलब्ध गराउदै विद्यालय स्तरमा हुने खेलकुद क्रियाकलापलाइ बिशेष जोड दिइनेछ ।
९।१० यूवा पिढिलाई थप जिम्मेवार वनाई सामाजिक कार्यमा अग्रसर गराउन यूवाहरुको उपप्रमुख संग बिकास र रुपान्तरणको बहस कार्यक्रमको थालनी गरिनेछ ।
९।११ प्रत्येक वडामा खेलमैदान बनाउनेछ ।
१०। महिला वालवालिका तथा सामाजिक समावेशिकरण
१०।१ लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण सम्बन्धी चेतनामुक कार्यक्रमहरु संचालन गरिनेछ।
१०।२ जातिय बिभेदलाइ न्यूनिकरण गर्न बिशेष अभियान सचालन गरिनेछ ।
१०।३प्रत्येक वडाहरुमा महिला दलित तथा बुद्धिजिवीहरुको सहभागिता हुने गरि नागरीक सरोकार समुह गठन गरी परिचालन गरिनेछ ।
१०।४ महिला, फरक क्षमता भएका ब्यक्ति,एच आई भि भएका व्यक्ति, अभिभावक विहिन वालवालिका,दलित तथा विपन्न वर्गका लागी सिपमुलक आयआर्जनका कार्यक्रमहरु संचालन गरिनेछ ।

१०।५ गरिवीको कारण नगरपालिका भित्र रहेका खरका छाना भएका घरहरुको लगत संकलन गरी खरको छाना लाई विस्थापित गरी जस्तापाता द्धारा छाउने कार्यलाइ निरन्तरता दिइनेछ ।
१०।६ नगर भित्र रहेका वालक्लवहरुलाई थप क्रियाशिल बनाउन आवश्यक श्रोत साधनहरु उपलब्ध गराइनेछ र समाजमा व्याप्त कुसस्कार न्यूनिकरणको अभियानमा परिचालन गरिनेछ ।
१०।७ जेष्ठ नागरीक तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई लक्षित गरि टोल स्तरमा नि शुल्क स्वास्थ सेवा तथा फ्लोअप गर्ने कार्यक्रम शुरुवात गरिनेछ ।
१०।८ जेष्ठ नागरिक मिलन केन्द्र स्थापना र संचालनमा जोड दिइनेछ।
१०।९ अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन गरि आवश्यक सिप तथा क्षमतामा बृद्धि गरिनेछ ।
१०।१० विभिन्न हिंसामा परि सेवा लिन आएका तथा वेवारिस अवस्थामा फेला परेका महिला वालवालिका तथा अन्य नागरिकहरुको सुरक्षित बसाइका लागि सुरक्षित घर स्थापना गरी संचालनमा ल्याइनेछ ।
१०।११ महिलाहरुको अन्तरनिहित क्षमताको विकास गरि आत्मनिरर्भर वनाउन महिला संग उपप्रमुख उद्यमशिलता कार्यक्रमलाई थप प्रभावकारी बनाउदै आगामी दिनमा निरन्तरता दिइनेछ ।
१०।१२ महिला तथा वालिका माथि हुने हिंसा अन्त्यका लागि अभियान कार्यक्रम अन्य वडाहरुमा पनि संचालन गर्नका लागी आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै सामुदायिक छलफलकेन्द्रहरु स्थापना गरि समुदायमा हुने सबै प्रकारका हिंसा न्यूनिकरण गर्ने नीति लिइनेछ ।
१०।१३ महिला मानव अधिकार रक्षकहरुको वडा स्तरिय संजाल निर्माण गर्दै उक्त संजाललाई समाजका विभिन्न कार्यमा परिचालन गरिने नीति लिइनेछ ।
१०।१४ विभिन्न हिंसामा परेका सबै व्यक्ति र विशेष गरि महिलाहरुलाइ उनिहरुको गोपनियता कायम गर्दै द्रुत गतिमा कानुनी उपचार प्रदान गरिनेछ ।
१०।१५ सबै समुदायका महिलाहरुको न्यायमा पहुँच बढाउन कानुनी साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
१०।१६ शारीरिक हिंसा भोगेर सेवा लिन आउने सरोकारवालाहरुको तत्काल उपचार तथा अन्य व्यवस्थापनका लागि लैंङ्गिक हिंसा निवारण कोष स्थापना गरिनेछ ।
१०।१७ श्रीमति गुमाएका एकल पुरुषहरुका लागि स्वास्थ्य उपचार तथा व्यक्तिगत सरसफाई गर्न विदुर भत्ताको व्यवस्था गरिने नीति लिइनेछ ।
१०।१८ घरेलु हिंसा न्यूनिकरण गर्न विशेष अभियान संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
११।पूर्वाधार बिकास नीति
११।१ कर्णालीराजमार्ग भएर बिस्तार भैरहेको राष्ट्रिय प्रसारण लाइनको सव स्टेशन आठवीसनगरपालिकामा राख्नका लागी प्रदेश तथा नेपाल सरकार संग आवश्यक पहल गरिनेछ ।
११।२ बिधुतिकरणका लागी सव स्टेशन स्थापना गरी आवश्यक पोलहरु तथा तार खरिदका लागि आवश्यक पहल गरि आ व २०७८।७९ भित्र विधुत वितरण गरिनेछ।
११।३ पिकोलघु साना तथा लघुजलबिधुतआयोजना र सौर्य बिधुतिकरणलाइ जोड दिइनेछ ।
११।४ विधुतिकरणमा सार्वजिनक नीजि उपभोक्त साझेदारीको नीति अवलम्बन गरिनेछ ।
११।५ सबै वडा केन्द्रका सडकहरुको स्तर उन्नोतिमा बिशेष पहल गरिनेछ ।
११।६ नगर सडक गुरुयोजना बमोजिम सडक निर्माण तथा बिस्तार गरिनेछ ।
११।७ सडक तथा यातायत बिस्तार गर्दा पानीका मुहान वनजंगल प्राकृतिक श्रोत धार्मिक स्थल विस्थापित नहुने गरी वातावरण मैत्री सडक निर्माण गरिनेछ ।
११।८ नगर क्षेत्र भित्र पर्ने कर्णाली राजमार्गमा यात्रु प्रतिक्षालय तथा यातायात विश्रामस्थल र सार्वजनिक शौचालय तथा खाजा घर निर्माणको योजना बनाई नीजिक्षेत्र संगको सहकार्यमा रिफ्रेसमेन्ट सेन्टरका रुपमा विकास गरिनेछ । त्यस्ता केन्द्रमा बनाइने खाजा तथा खानाका परिकारहरुमा स्थानीय उत्पादनमा आधा।त हुने व्यवस्था गरिनेछ ।
११।९ सबै किसिमका पूर्वाधार निर्माण गर्दा फरक क्षमता भएका ब्यक्ति र जेष्ठ नागरीकको पहुँच सुनिश्चित हुने गरी ब्यबस्था गरिनेछ ।
११।१० शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ पूर्ण पालनामा जोड दिदै घरजग्गा नक्सापासको कार्य संचालन गरिनेछ ।
११।११ घरजग्गा नक्सापास तथा प्रमाणिकरण गर्दा अभिलेखिकरण वा घर बनेको प्रमाणिकरण र घर नक्सा पास गरी तीन भागमा बिभाजन गरिनेछ । नगर भित्रका सबैघरहरुलाइ अभिलेखिकरण गरिनेछ ।
११।१२ आठवीस नगरपालिकाको चक्रपथ निर्माण कार्य यथासिघ्र अघि बढाइनेछ ।
११।१३ यातायात क्षेत्रलाई व्यवस्थित वनाउनका लागी बसपार्क निर्माणको कार्य अगाडी बढाइनेछ ।
११।१४ नगरपालिका र प्रत्येक वडाका सडक खानेपानी सचाई फोहोर व्यवस्थापन लगायतका विकास निर्माणका कार्यहरु लाई योजनाका रुपमा अगाडी बढाई परियोजना बैक निर्माण गरिनेछ ।
११।१५ नगरको सबै वडाहरुमा ठुलो योजनाहरु सडक र खानेपानी सिचाई लगायतका पूर्वाधार निर्माणका लागी विस्तृत परियोजनाप्रतिबेदन ९म्एच्० निर्माण गरी व्यवस्थितरुपमा संचालन गरिनेछ ।

११।१६प्रत्येक वडा सम्म निर्वाधरुपमा यातायात संचालन गर्न सक्ने गरी सडक निर्माण तथा स्तरोन्नती गरिनेछ ।
११।१७ वडा कार्यालयहरु नभएका वडाहरुमा वडा कार्यालय भवनहरु निर्माण गरिनेछ ।
११।१८ लागत साझेदारीर सहभागितामा योजना कार्यन्वयन गर्ने कार्यलाई प्रथामिकता दिइनेछ ।
११।१९ कुनै आयोजना तथा कार्यक्रममा दोहोरोपना आउन नदिन नगरकार्यपालिकाको बैठकबाट आवश्यक संयन्त्र तयार गरिनेछ । यदी दोहोरोपना हुन गएको थाहा भएमा नगरकार्यपालिकाको बैठकबाट संशोधन गरीनेछ ।
११।२० विकास निर्माणको काममा जनसहभागिताको माध्यमबाट अपनत्व बृद्धि गर्न टोल बिकास सस्थाको अवधारणा अवलम्बन गरिनेछ । जनसहभागिता प्रर्बद्धन गर्न कार्यबिधी निर्माण गरी कार्यान्वयन गरिनेछ ।
११।२१ वडामा कार्यान्ययनमा रहेका खानेपानी, सिचाई कुटानी पिसानी मिल लगायतका उपभोक्ता सस्थाहरुको दिगो रुपमा संचालन गर्ने गरी मर्मत सम्भारका लागी उपभोक्त समिति मार्फत उपभोगमा शसुल्क गरी उपभोक्ताबाट नै मर्मत गर्ने ब्यबस्था मिलाइनेछ ।
११।२२ नगरक्षेत्रमा घरनिर्माण गर्दा भुकम्प प्रतिरोधक घर निर्माणका लागि सचेतिकरण कार्यक्रम सचालन गरिनेछ । स्थानीय स्तरमा उपलब्ध डकर्मिहरुलाई भुकम्प प्रतिरोधक भवन निर्माण सम्बन्धी तालिम संचालन गरिनेछ ।
११।२३ नगरपालिका क्षेत्रका खेतियोग्य जमिनमा बाह्रै महिना सिचाई सुविधा प्रादन गर्नका लागी प्लाष्टिक पोखरी सिचाई कुलो निर्माण गर्ने कामलाई प्राथमिकता दिइनेछ ।
११।२४ प्रयाप्त सिचाई सुविधाका लागी प्रदेश सरकार संघीय सरकार संग सहकार्य गरिनेछ ।
११।२५ बैकल्पिक सिचाई पद्धतिको बिकास गरिनेछ ।
११।२६ नक्सापास सम्बन्धमा जनचेतना जगाई कुनै पनी घर टहरा नक्सा पास गरेर मात्र बनाउने अवस्थाको सृजना गरिनेछ ।
११।२७ नगरपालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण गरी सेवा प्रबाह गर्ने ब्यबसथा गरिनेछ ।
१२। संञ्चार तथा सुचना सम्बन्धी नीति
१२।१ मोवाईल टेलिफोन नेटवर्कमा सुधार गर्न टेलिफोन टावर स्थापना तथा द्धन् नेटवर्क जडानका लागी सेवा प्रदायक संग समन्वय र सहकार्य गरिनेछ ।
१२।२नागरिकको सूचना पाउने हकलाई पूर्णरुपमा प्रत्याभुति दिने गरी सूचनाको हकलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याइनेछ । नागरिकको सुचना माग्ने र सूचना पाउने हकलाइ सुरक्षित गर्दै सूचना प्राप्ती गर्ने कार्यमा सहजता ल्याइनेछ ।
१२।३खोजमुलक र अनुसन्धान मुलक पत्रकारिता प्रर्बद्धन गर्न बिभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
१३। वातावरण तथा बिपद व्यवस्थापन
१३।१ नगर क्षेत्र भित्रका प्रमुख बजार केन्द्रमा फोहोरमैलाको कुहिने र नकुहिने आधारमा बर्गिकरण गरि सोही अनुसार व्यवस्थापन गर्ने नीति लिइनेछ ।
१३।२ पलाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय कच्चा पदार्थको प्रयोग गरि बैकल्पिक झोला प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
१३।३ नगरका प्रमुख स्थानहरुमा सार्वजनिक सौचालयहरु निर्माण गरिनेछ ।
१३।४ प्रत्येक वडामा कम्तिमा ५० हजार र नगरमा ७० लाखको बिपद व्यवस्थापन कोष निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
१३।५ कर्णाली नदिको कटान नियन्त्रण गर्नका लागी तटब्धन निर्माण कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।
१३।६ नगर भित्र खालि रहेका जमिनमा बृक्षारोपण कार्यक्रमलाइ अभियानको रुपमा संचालन गरि हरत आठवीस बनाउने नीति लिइनेछ ।
१३। ७ जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा जलवायु अनुकुलन कार्ययोजना तयार गरि कार्यन्वयनमा ल्याइनेछ ।
१३।८ पानीका मुहान तथा धाराहरु संरक्षण गरिनेछ ।
१३।९ बैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा र बायो ग्यास निर्माण गर्ने कार्यलाई प्रावकारी रुपमा कार्यन्वयन गर्न लगानीमा सहुलियत प्रदान गरिनेछ ।
१३।१० वाढी पहिरो नियन्त्रणका लागि वृहत गुरुयोजना निर्माण गरिनेछ ।
१४।सार्वजनिक सेवा तथा सस्थागत क्षमता
१४।१ कर्मचारीको कार्य सम्पादनलाई बस्तुगत र प्रभावकारी वनाउन सबै कर्मचारीको कार्य विवरण तयार गरी लागु गरिनेछ ।
१४।२ नगपालिका र अन्तर्गतका वडा कार्यालय स्वास्थ सस्था र माध्यमिक विद्यालयहरुमा डिजिटल हाजिरी प्रयोगमा ल्याइनेछ ।
१४।३ नगरपालिका र वडा बाट प्रदान गरिने सेवाहरुको सम्बन्धमा सुसुचित गर्न प्रत्येक वडाको पायक पर्ने स्थानमा नागरीक वडा पत्र राखिनेछ । साथै नगरपालिकाबाट प्रदान गरिने सेवाहरुको सम्बन्धमा जानकारी गराउनका लागी बिद्यालयहरुमा जनचेतना कार्यक्रम संचालन गरिनेछ ।
१४।४ नगरपालिका र अन्तर्गतका निकायहरु बाट प्रदान गरिने सेवाहरुलाई सूचना प्रविधिमैत्री बनाइनेछ ।
१४।५ अनलाईन घटना दर्ता कार्यको शुरुवात गरिनेछ ।
१४।६ कर्मचारीको मनोवल उच्च वनाइ कार्य सम्पादनमा प्रभावकारीता ल्याउन कर्मचारीलाइ प्रोत्साहन गर्ने र नगरमा कार्यरतअस्थायी तथा करार कर्मचारीहरुका लागि कल्याणकारी कोषको व्यवस्था लाई निरन्तरता दिइ नगर तथा वडा कार्यालयमा कार्यरत अस्थायी कर्मचारीहरुलाई आवश्यक प्रक्रिया तथा मापदण्डपुरा गरी स्थायीत्वको व्यवस्था गरिनेछ ।
१४।७ कर्मचारीको क्षमता विकासका लागी आवश्यक तालिम, अध्यायन तथा अवलोकन भ्रमणको व्यवस्था मिलाइनेछ ।
१४।८ जवाफदेहिता र पारदर्शिता कायम गर्न नगरपालिका र अन्तर्गतका निकायहरु बाट प्रावहगरिने सेवा तथा आयोजनाहरुको सार्वजनिक सुनुवाईका कार्यक्रमहरुलाई निरन्तरता दिदै थप प्रभावकारी बनाइनेछ ।
१४।९ सेवा प्रवाहलाई समुदाय मैत्री बनाउन ूफोनको भरमा सेवा प्रवाह घरघरमाू नीतिको अवलम्बन गरिनेछ ।
१५।साझेदार सस्था सम्बन्धी नीति
१५।१ नगपालिकाको समग्र विकासका लागी क्रियाशिल साझेदार सस्थाहरुलाई विकास साझेदारको रुपमा लिइनेछ ।
१५।२ साझेदार सस्थाको योजना, बजेट तथा कार्यक्रम निर्माण र कार्यन्वयनमा एकद्धार प्रर्णाली अपनाइनेछ ।
१५।१३ साझेदार निकायबाट सचालित कार्यक्रमको पारर्दशिता र जवाफदेहिता सुनिश्चित गर्ने नीति लिइनेछ ।
आदरणिय सभाध्यक्ष एंव सभा सदस्य ज्यूहरु
अब म आ व २०७८र७९ का लागी राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्दछु ।
उल्लिखित नीति तथा कार्यक्रमहरु प्राथमिकताका आधारमा कार्यन्वयन गर्नका लागी नगरपालिकालाई नेपाल सरकार र प्रदेश सरकारकाट प्राप्त बजेट तथा नगरको आन्तरिक आय समेतलाई आकलन गरी आ व २०७८र७९का लागि निम्नानुसारको बजेट तर्जुमा गरिएको छ ।

आय तर्फ
आगामी आर्थिक वर्षमा आन्तरीक आय तर्फ रु ८० लाख प्रक्षेपण गरिएको छ । त्यसै गरि संघीय सरकारको वित्तिय समानिकरण अनुदान रु १० करोड ४८ लाख, संघीय सरकारको बिशेष अनुदान रु ८३ लाख, संघीय सरकारको राजस्व बाडफाँड मार्फत प्राप्त हुने रकम रु ८ करोड ९८ लाख ७० हजार, संघीय सरकारको सर्शत अनुदान रकम रु २२ करोड ३३ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान रकम रु १ करोड १० लाख ३३ हजार,प्रदेश सरकारको राजस्व बाडफाडबाट प्राप्त हुने रकम रु ८ लाख २४ हजार १ सय ६ र गत आव को अनुमानित अल्या मौज्दात रकम रु४ करोड समेत गरी जम्मा रु ४८ करोड ३१ लाख २७ हजार १ सय ६रुपैया रहेको छ ।
व्यय तर्फ
आय तर्फ प्रक्षेपण गरिएको रकम बमोजिम आगामी आर्थिक वर्षमा चालु तर्फ रु २६ करोड ८४ लाख र पुजिगत तर्फ रु २१ करोड ४७ लाख २७ हजार विनियोजन गरेको छु ।
आदरणिय सभाध्यक्ष तथा सभा सदस्यज्यूरु
माथि उल्लिखित पुँजिगत खर्चलाई स्थानीयतहको बजेट तथा योजना तर्जुमा दिग्दर्शन २०७४९परिमार्जित०बमोजिम आर्थिक बिकास, सामाजिक बिकास, भौतिक पूर्वाधार, वातावरण तथा बिपद ब्यबस्थापन र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा रकम विनियोजन गरेको छु । बजेट आयव्ययको विस्तृत विवरण अनुसूचीहरुमा समाबेश गरेको छु ।
आदरणिय सभाध्यक्ष तथा सभा सदस्यज्यूहरु
प्रस्तुत नीति, कार्यक्रम र बजेट प्रभावकारी कार्यन्वयनबाट ुुसमृद्ध आठवीस सुखि आठवीस बासीू हुने तर्फ हामीउन्मुख हुन्छौ भन्ने विश्वास लिएकोछु । बजेट कार्यान्वयनमा नगरकार्यपालिकाको प्रमुखज्यू, सदस्यज्यूहरु, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु लगायत सम्बन्धित सरोकारवाला व्यक्ति तथा संस्थाहरुको समेत महत्वपूर्ण भुमिका रहने विश्वास लिएको छु ।
आम नागरिक सम्म सेवा प्रवाहको लागि हामी अनवरत खटिरहेको छौ । विगत वर्षहरुको कार्यानुभवले विभिन्न चुनौतिका बावजुत महत्वपुर्ण उपलब्धीहरु हासिल गर्ने दिशाका कार्य भैरहेको छन् । उपलब्ध स्रोत र साधनको न्यायोचित वितरणमा नगरपालिका लागि रहेको अवगत गराउन चाहन्छु ।माग र आपुर्तिको सन्तुलन कायम गर्दै स्रोत साधनको वितरण र विकासमा प्राथमिकतापुर्वक कार्य गरिरहन हामी प्रतिवद्ध छौ ।
अन्तमा आठवीसको समग्र विकासमा योगदान गर्ने राजनितिक दल, राष्ट्रसेवक कर्मचारी, नीजि सहकारी र समुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, संन्चार जगत लगायत सम्पूर्ण दिदिबहिनी दाजुभाई तथा विकास साझेदार सस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद

दीपा बोहरा
उप प्रमुख एंव बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक
आठवीस नगरपालिका दैलेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button