हत्या आरोप लागेका २ जना पक्राउ



अछाम : अछाम प्रहरीले हत्या अभियोग लागेका २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कार्तिक १० गते राति जिल्लाको ढकारी गाँउपालिका ७ का १५ बर्षिय देबेन्द्र थापाको हत्या गरेर फरार रहेका स्थानिय नरेन्द्र बुढा र नर बहादुर बुढालाई प्रहरीले सार्वजनिक गरेको हो ।
गाँउपालिकाको ३ नम्बर स्थित चोईटेखालीबाट घर फर्किने क्रममा मृतक थापा र सोहि ठाँउका १४ बर्षका रुद्र थापालाई खुकुरी प्रहार गरी उनिहरुले घाइते बनाएका थिए । थापालाई जिल्ला अस्पताल अछामले ११ गते विहान मृत घोषणा गरेको थियो भने अर्का घाईते रुद्र थापाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।
हत्यागरी फरार रहेका उनिहरु मध्य नरेन्द्रलाई ११ गते विहान घटना स्थल नजिकैबाट पक्राउ गरीएको थियो भने अर्का आरोपि नर बहादुर ५दिन पछी सुक्रबार जिल्लाको कमलबजार नगरपालिका ६ कालापोखराबाट पक्राउ गरीएको अछाम प्रहरीले जनाएको छ । कमलबजार प्रहरी प्रमुख प्रहरी निरीषक  लोकेन्द्र सिंह गुरुको कमाण्डमा गएको टोलिले उनलाई पक्राउ गरेको हो ।
उनिहरु दुबै जनालाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरी कानुनि कार्वाही अघि बढाइएको अछाम प्रहरीले बताएको छ ।
मृतक थापा गुरुकुल माध्यामिक विद्यालय ढकारीमा कक्षा ९ मा अध्यायनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button